काठमाडौँको कमलादीबाट जुवा खेल्दै गरेको अवस्थामा ९ जना व्यवसायी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलका मालिकसहित ९ जना व्यापारी रहेका छन् ।कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलबाट प्रहरीले उनीहरुलाई जुवा खेल्दै गर्दा रंगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा व्यवसायी सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रामचन्द्र संघाई, गोविन्दराम सरिया,अशोककुमार अग्रवाल, विमल आउजा, विमल खेतान, नन्दकिशोर शर्मा तथा होटल संचालक भारतीय नागरिक मिक्की जोगाई रहेका छन् ।
जुवा खेलिरहेका उनीहरुलाई २ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित नियन्त्रणमा लिएको एएसपी श्याम ज्ञवालीले जानकारी दिए ।