कपिलवस्तुमा आज २ महिलासहित थप ४० जनामा कोरोना (कोभिड(१९) संक्रमण पुष्टि भएको छ। ३२६ जनाको परीक्षण गरिएकोमा ४० जना नयाँ संक्रमित भेटिएको भेटिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।
थापाका अनुसार जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ४० जनाको रिपोटै पोजेटिभ आएको हो। जसअनुसार बुद्धभुमि नगरपालिका वडा नं. ८ मा १९ देखि ३८ वर्षका ८ जना पुरुष र वडा नं. १० का २४ र ४६ वर्षका दुईजना पुरुष गरी १० जना छन्।
त्यस्तै, शिवराज नगरपालिकाका वडा नं ३ मा १९ देखि ३० वर्षका ४ जना पुरुष, वडा नं. ४ मा १७ देखि ५८ वर्षका ११ पुरुष, वडा नं ६ का २८ वर्षीय पुरुष, वडा नं १० का १७ बर्षीय पुरुष र वडा नं ११ का १८ देखि ५८ वर्षका ९ जना पुरुष गरी २६ जना छन् ।
महाराजगञ्ज नगरपालिकाका वडा नं १ का १९ वर्षीय पुरुष र वडा नं २ का २६ वर्षीय पुरुष गरी २ जना छन्। त्यस्तै वाणगंगा नगरपालिका वडा नं ११ का ३१ र ३८ बर्षीया दुईजना महिला छन्। योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३१० पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ।
कपिलवस्तुमा निको हुनेको संख्या २३ पुगेको छ।