नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४४६ पुगेको छ ।शनिबार २३४ जना थपिएसँगै देशभर संक्रमितको संख्या १४४६ पुगेको हाे ।शनिवार एक जना थपिएसँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ७ पुगेकाे छ।
ललितपुर,दाङ,दैलेख,कालीकाेट,बाजुरा,सल्यान,सुर्खेत,संखुवासभा,झापा,कपिलवस्तु,महाेत्तरी,राैतहट,सर्लाही ,सप्तरी,धनुषा,सिरहा,बारामा गरी २सय ३४ जना थपिएका हुन् ।
शनिबार भेटिएका संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
प्रवक्ता देवकोटका अनुसार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२४ जना संक्रमित भेटिएका छन् ।जसमा धनुषाका ७ जना, झापाका १ जना पुरुष रहेका छन्। जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैभन्दा धेरै कपिलवस्तुका ७७ जना संक्रमित भेटिएका छन् ।
त्यसैगरी ललितपुरकी एकजना २३ वर्षीया महिला पनि संक्रमित भएकी छन्। त्यसैगरी महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १६ जना र सिरहाका ११ जना संक्रमित भेटिएका छन्।
प्रादेशिक प्रयोगशालामा रुपन्देहीमा गरिएको परीक्षणमा २९ जना संक्रमित भेटिएका छन् । जसमा २६ जना कपिलवस्तुको यशोधराका रहेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ९ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु सबै सप्तरीका रहेका छन्। जसमा ८ पुरुष र एकजना महिला रहेका छन् ।
राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा दाङ गरिएको परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। जहाँ विजयनगर कपिलवस्तुका ३ जना रहेका छन् ।
त्यस्तै हापुरे दाङका १ जना ३० वर्षीय पुरुष संक्रमित भएका छन्। बगलाचुली दाङका ३ पुरुष र १ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
नारायाणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा तीनजना संक्रमण पुष्टि भएको छ। त्यहाँ बाराका १ जना पुरुष र पर्सा पर्सौनीका २ जनामा संक्रमण पुष्टि भएको छ ।