कपिलवस्तुमा २ महिलासहित एकै पटक शनिबार भेटिएका ७७ जना कोरोना संक्रमित तीन साता अघि भारतको विभिन्न शाहरबाट आएको पुष्टि भएको छ।
संक्रमित हुनेमा महाराजगञ्ज नगरपालिकाका १६ देखि ४५ बर्षसम्मका ३३ जना पुरुष छन्। महाराजगञ्ज नगरपालिकाका स्वास्थ्य संयोजक राधेश्याम कलवारका अनुसार संक्रमितहरु वडा नं. १ का १, वडा नं. २ का १, वडा नं. ४ का २, वडा नं. ७ का ३, वडा नं. ८का १५, वडा नं. ९ का ७ र वडा नं. १० का ७ जना छन्।
उनका अनुसार सोमबार २ सय ६० जनाको स्वाब संकलन गरी राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाइकोमा ३३ जनाको रिर्पोट पोजेटिभ आएको थियो। शनिबार आज भेटिएका संक्रमित भारतको मुम्बई, दिल्ली लगायतका शहरबाट ३ साता अघि नै आएको उनले जानकारी दिए।
त्यस्तै, यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका २६ जना पुरुष तथा १९ र २५ बर्षका महिला २ जना छन्। यशोधरा गाँउपालिकाका स्वास्थ्य संयोजक ज्योति प्रकाश दुवेका अनुसार शनिबार भेटिएका संक्रमित वडा नं. ४ का ७, वडा नं. ५ का १३ र वडा नं. ८ का ८ जन छन् । भेटिएका संक्रमितको स्वाब सोमबार राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाइएको उनले बताए। स्वास्थ्य संयोजक दुबेका अनुसार उनीहरु पनि भारतको मुम्बई लगायतका शहरबाट तीन साताअघि नै आएका हुन्।
त्यस्तै कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका १६ जना पुुरुषमा संक्रमण भेटिएको छ। कृष्णनगर नगरपालिका स्वास्थ्य संयोजक अनिल विश्वकर्माका अनुसार भेटिएका संक्रमित वडा नं. ६ का ९, वडा नं. ७ का ३, वडा नं. १० का २ वडा नं. १२ का १ र आर्का एक जनाको ठेगाना खुल्न सकेको छैन। उनका अनुसार आइबार १ सय ६७ जनाको स्वाव संकलन गरी राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाइएकोमा १६ जनाको रिर्पोट पोजेटिभ आएको हो।
योसँगै कपिलबस्तुमा कोरोना संक्रमित व्यक्तिको संख्या २ सय ६५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए। जसमा १५ जना कोरोना जितेर घर फर्किसकेका छन्।