कोरोना भाइरसका कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ।
दुल्लु–११ का ३५ वर्षीय पुरुषको शनिबार विहान निधन भएको थियो। दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। उनी दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा थिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको हो।
उनीसहित ७९ जना १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ।