दुल्लुस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा बसेका एकजनाको शनिबार मृत्यु भएको छ । ३७ वर्षीय ती व्यक्ति शनिबार बिहान करिब ७ बजे एक्कासि बेहोस भएर ढलेका थिए ।
उनी १० दिनअघि भारतको गुजरातबाट आएका थिए । दुल्लु अस्पतालका डा. पूजा थापाले मृत्युको कारण हृदयघात हुन सक्ने बताइन् ।
आइसोलेसनमा लगेर उपचार गर्ने तयारी गर्दागर्दै मृत्यु भएको उनको भनाइ छ । मृतक व्यक्तिको स्वाब संकलन परीक्षणका लागि जुम्ला पठाइएको छ । कोरोना भए/नभएको रिपोर्ट आएपछि थाहा हुने उनले बताइन् ।