रौतहटमा शुक्रबार थप ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौंमा गरिएको परीक्षणमा संक्रमण राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकामा ६ र बौधीमाइ नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो ।यससँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ ।
संक्रमण देखिएका सबै हालै भारतबाट फर्किएका व्यक्ति भएको र उनीहरु क्वारेन्टाइनमा बसिरहेको बताए । सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए। रौतहटका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा भारतबाट फर्किएका झण्डै ४ हजार ५ सय जना छन् ।