भारतबाट नेपाल फर्कदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतको गुजरातबाट नेपाल फर्कने क्रममा लखनउ नजिक आईपुग्दा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका युवकको जेठ १० गते मृत्यु भएको थियो।
छाती दुख्ने र बान्ता हुने भएपछि बसमै उनको मृत्यु भएको थियो। भारतबाट आएको र अचानक स्वास्थ्यमा समस्या आएपछि मृत्यु भएका उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाव परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो।
उनीसँगै अर्घाखाँचीका ८० जनाको समूहमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ। अर्घाखाँचीको यो घटनासँगै अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेमध्ये छ पुगेको छ।