अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाविरुद्धको लडाईँमा फ्रन्टलाइनमा खटिएकाबाहेक सबैको भत्ता साउनबाट खारेज गरिएकाे बताएका छन्।
बजेट भाषणका क्रममा अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालनमा मितव्ययीता अपनाउन अघि कर्मचारीलाइ दिँदै आएकाे भ्रमण भत्ता, इन्धन, फर्निचर तथा नयाँ सवारी खरिदमा कटौती गरेको बताए। सरकारले भत्ता कटाैती गरे पछि फजुल खर्च जाेगिने देखिएकाे छ।
सरकारले सबै सरकारी कर्मचारीहरुको कोरोना बीमा भने निःशुल्क गरिदिने भएको छ ।सार्वजनिक निकायमा भष्ट्राचार रोक्न सदाचारको कार्यक्रम अघि सारिने पनि मन्त्री खतिवडाले बताए ।