पछिल्लो २४ घण्टामा एक सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित नियमित जानकारी गराउने कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप १५६ जना नयाँ थपिएको जानकारी दिए। आज थप भएका १५६ सहित नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ।