बिहीबार बिहान दैलेखमा आठ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार कोरोना भाइरस पृष्टी भएका थप आठ जना सबै नारायण नगरपालिका दैलेखका हुन्। जसमा नारायण नगरपालिकाका एक बालक, एक महिलासहित ६ जना पुरुष रहेका छन्। वडा नम्बर–१ का २६ वर्षीय पुरुष, वडा नम्बर–३ का १९, ३०, ३६, ४० वर्षीय पुरुष, वडा नम्बर–४ का वर्ष एकका बालक र वर्ष २० की महिला र वडा नम्बर–५ का १७ वर्षीय पुरुषमा कोरोना संक्रमण पृष्टी भएको हो।
यसअघि बुधबार मात्रै सुर्खेतका थप १५ जनामा कोरोना पृष्टी भएको थियो । कोरोना संक्रमित यी सबै व्यक्तिहरु भारतबाट फर्किएका हुन्।