कोरोना भाइरसका कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । किष्ट अस्पतालमा उपचार गराइरहेका ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको बुधबार साँझ निधन भएको हो ।
चिकित्सकका अनुसार, ती व्यक्तिलाई जेठ ११ गते राति अस्पताल ल्याइएको थियो।उनकाे काेराेना रिपोर्ट पोजेटिभ रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।सरकारलेऔपचारिक घोषणा गर्न भने बाँकी छ ।