रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकामा ती संक्रमित भेटिएका हुन्।
सदरमुकाम गौरमा पहिलो पटक सातजनामा संक्रमण देखिएको हो। यसैगरी देवाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट खुलेको छैन। संक्रमण पुष्टि भएकामा तीनजना बालबालिकासमेत छन्। भारतबाट आएका उनीहरु सबैलाई सीधै क्वारेन्टाइनमा राखिएको थियो।
योसँगै रौतहटमा संक्रमित हुनेको सँख्या ६९ पुगेको छ।