कपिलवस्तुमा आज पुष्टि भएका ८ जना कोरोना संक्रमितमध्ये एकजना वडा अध्यक्ष र एकजना पत्रकार रहेका छन्।
मन्त्रालयले शनिबार पुष्टी गरेका ३२ जना संक्रमित मध्ये कपिलवस्तुका ८ जना रहेका छन्। योसँगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ। थपिएका ८ जनामध्ये एकजना पत्रकार र एकजना वडाअध्यक्ष रहेको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
कपिलबस्तु नगरपालिका बाणगंगा नगरपालिकाका एकजना वडाअध्यक्ष र अर्का वाणगंगा नगरपालिकाकै २७ वर्षीया पत्रकार रहेको उनले जानकारी दिए। त्यस्तै कपिलबस्तुको बाणगंगा नगरपालिका वार्ड न ३ बर्ष १९ का पुरुष १, वार्ड न. ८ का बर्ष २५ पुरुष १ जना, न. १० का बर्ष ३५ का पुरुष १, वार्ड न. ११ बर्ष ४२ पुरुष १ रहेका छन्।
साथै बुद्धभुमी नगरपालिका वार्ड न. ४ का १७ बर्षीया र २२ बर्षीय एकजना पुरुष छन्। उनीहरुको नमुना जेठ ४, ५ गते वाडगङ्गा नगरपालिका सिद्दार्थ क्याम्पस बुन्चीबाट संकलन गरिएको थियो। स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मीको सम्पर्कमा रहेको बताईएको छ।