नेपालमा कोरोनाभाइरसका कारण थप एक जनाको मृत्यु भएको छ।
गुल्मीका संक्रमित ४१ बर्षीय पुरुषको बुधबार मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।
गुल्मी मदाने गाउँपालिका ६ का ती युवकको रुपन्देहीको बमणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
यसअघि सिन्धुपाल्चाेककी एक सुत्केरी र बाँकेकाे क्वारेन्टाइनमा बसेका पुरुषकाे काेराेनाका कारण मृत्यु भएको थियो ।