काभ्रे र महोत्तरीमा कोरोना भाइरसका एक एकजना संक्रमित भेटिएका छन्।
यो सँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७८ पुगेको छ। यसअघि शनिबार बिहान ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा विकास देवकोटाले महोत्तरी जिल्लाका ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जानकारी गराए । संक्रमितमध्ये पुरुष २२४ जना रहेका छन् भने ५४ जना महिलाहरु रहेका छन् ।