नेपालमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन्। शुक्रबार विहान मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ।