सशस्त्र प्रहरीले कालापानी क्षेत्रस्थित नेपाल-भारत सीमा क्षेत्रमा गस्ती थालेको छ ।
दार्चुलाको व्याँस गाउँपालिका -१ छाङ्गरुस्थित गागामा बोर्डर आउट पोस्ट स्थापना भएपछि गस्ती थालिएको हो ।
सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (बिओपी) को टोलीले बिहीबार बिहानैदेखि सीमा क्षेत्रमा गस्ती थालेको हो ।
गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार प्रा. डा. ईन्द्रजीत राईले महाकाली किनारमा रहेका भारतीय सुरक्षाफौजका टोलीलाई पनि त्यसक्रममा भेट गरेका छन्।