त्रिवि शिक्षण अस्पताल महारजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले जानकारी दिए ।
अस्पतालको न्यूरो वार्डमा उपचाररत ती बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि उपचारमा संलग्न सबैलाइ क्वारेन्टाइनमा राखिएकाे हाे । बालिकालाई ६ दिनअघि कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।