कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन लाख नजिक पुगेको छ।
वल्र्डोमिटरका अनुसार बिहिबार बिहानसम्ममा मृत्यु हुनेको संख्या २ लाख ९७ हजार ७६० पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ३०९ जनाको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै १ हजार ७६७ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा मृत्यु हुनेको संख्या ८५ हजार १९२ पुगेको छ।
बिहिबार बिहानसम्म बेलायतमा ३३ हजार १८६, इटालीमा ३१ हजार १०६, स्पेनमा २७ हजार १०४, फ्रान्समा २७ हजार ७४ जनाको मृत्यु भइसकेको छ। यसैगरी अमेरिकामा पछिल्लो २४ घण्टामा २१ हजार ६१० नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या १४ लाख ३० हजार २४६ पुगेको छ।
बिश्वभर संक्रमितको संख्या ४४ लाख २५ हजार ५३५ पुगेको छ।