पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २४ जना संक्रमित भेटिएका छन्। यो सँगै कोरोना संक्रमितको संख्या २४३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्टिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार रुपन्देहीका २२ बर्षीय दुईजना, २५ बर्षीय एकजना, २८ बर्षका एक जना, ३२ बर्षका दुईजना र ४१ बर्षका एकजना पुरुष तथा ४ बर्षीया एकजना बालिका, १० बर्षीया एकजना बालिका र २८ बर्षीया एकजना महिला छन्।
यसैगरी, कपिलबस्तुका २२, २९, ३२ बर्षका एक एक जना तथा ४० बर्षका तीनजना र ४२ बर्षका दुईजना पुरुष छन्। पर्साका ३६ र ७४ बर्षीय दुईजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन्।