कपिलवस्तु जिल्लामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस संगै कपिलबस्तुमा संक्रमितको संख्या २९ पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज भेटिएका आठै जना कपिलबस्तु नगरपालिकाका हुन्।
कपिलबस्तु नगरपालिका वडा नं. १ की २५ बर्षीया महिला, बडा नं. ३ का २०, ३२ वर्षीय २ जना पुरुष, वडा नं. ४ का २५ वर्षीय, वडा नं.५ का ३६ वर्षीय पुरुष, वडा नं. ६ का १९ वर्षीय पुरुष, वडा नं. ७ का १९ वर्षीय पुरुष र वडा नं. ८ का २५ वर्षीय पुरुष छन्।
उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको र थप उपचारका लागि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल पठाउने तयारी हुदैछ।
कपिलवस्तु जिल्लामा मंगलबार मात्रै ८ जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला थप संवेदनशील बन्दै गएको छ। जिल्लाको यशोधरा गाँउपालिका वडा नं. ५ का ८ र वडा नं. ८ का ४ जना, बुद्धभुमि नगरपालिका वडा नं. ७ का ३, वडा नं. १० का १ जना रहेका थिए । त्यस्तै मायादेवी गाउंपालिकामा ४ जना र शुद्धोधन गाउंपालिकामा १ जनामा कोरोना भाईरसको संक्रमण देखिएको थियो।
जिल्लमा संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ। जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई शिल गर्ने निर्णय गरेको हो।