कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या १२० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन्।
मन्त्रालयका अनुसार उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन्। एक जना पुरुषको भने उमेर खुलेको छैन ।