कपिलबस्तु जिल्लाको कपिलबस्तु नगरपालिका १ स्थित एक होटलको कोठामा एकजना भारतीय नागरिक मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार भारतको महाराष्ट् उदयुरका अन्दाजी ६२ वर्षीय निर्भय सिंह होटलकै एक कोठामा मृत फेला परेका हुन्।
बुद्धभूमि नगरपालिकामा निर्माण हुँदै गरेको शीत भण्डार गृह निर्माण कार्यमा मृतक सिंह मेकानिकल ईन्जिनियरको रुपमा केही समयदेखि भारतबाट आएका थिए। विहान अवेरसम्म कोठाबाट बाहिर ननिस्किएपछि होटलको मास्टर चाबीले कोठा खोलेर हेर्दा सिंह मृत अवस्थामा फेला परेको होटल संचालकले बताएका छन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। मृतक सिंहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलहवामा राखिएको छ।