महोत्तरीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या ११ पुगेको छ।
शनिबार बर्दिवास वडा नम्बर १२ स्थित इटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापति र भङ्गाहा वडा नम्बर ६ जमुनियाँका ४८ वर्षीय पलट साह मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो।
बर्दिवास वडा नम्बर १२ मेघरोल र भङ्गाहा वडा नम्बर ७ मेघनाथ गोरहन्नामा गत मंगलबारदेखि शुक्रबारसम्म ८ जनाको मृत्यु भइसकेको छ।
बर्दिवास १२ का चार, भङ्गाहा–७ का छ र भङ्गाहा–६ का एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शवपरीक्षणपछि एकीन हुने बताए।
अज्ञात रोगले यति धेरै मानिसको मृत्यु भएपछि स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट शनिबार डाक्टर अमृत पोखरेल तथा विश्व स्वास्थ्य संगठनका डा. सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीमा आइपुगेको छ।