जिल्लाको शिवराज नगरपालिकाको चन्द्रौटाबाट बृद्धभत्ता चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिवराज नगरपालिका–४ चनइ बस्ने ४५ वर्षीय अमिन मिया रहेका छन्।
शिवराज–६ सुगानगर की ७८ वर्षीया तिर्था यादवको १२ हजार वृद्धाभत्ताको रकम चोरी गरी मिया फरार भएका थिए।
बृद्धभत्ता बुझेर बैकबाट तल झर्दै गर्दा मियाले यादवलाई भने पाँच पाँच सयका नोट मलाई दिनु म हजार हजारको नोट दिन्छु भन्दै पैसा लिएर फरार भएका बताएकी हुन्।
मियाले पैसा चोरेको गौतम फोटो स्टुडियोको सिसी क्यामेरा फुटेजबाट पत्ता लागेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए। मियालाई वडा प्रहरी कार्यालयमा राखिएको छ। उनीविरुद्ध कुनै निबेदन उजुरी नपरेको प्रहरी निरीक्षक दिपेश खरेलले बताए।