कपिलबस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ७ स्थित एक मस्जिदबाट सामुहिक नमाज पढ्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले लागु गरेको लक डाउनको उल्लंघन गरेको तथा सामाजिक दुरी कायम नगरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
यसअघि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जिल्लाका मुस्लिम अगुवा, मदरसा संचालक तथा ईस्लाम धर्म गुरुहरुसँग जिल्ला प्रशासन कार्यालमा सामुहिक वैठक वसी घर घरमा वसी नमाज पढ्न आग्रह गरेका थिए। पक्राउ परेका सवैलाई वडा कार्यालय तौलिहवाको नियन्त्रणमा राखिएको छ।