कपिलबस्तु जिल्लाका १० स्थानीय तहमध्ये गरिएको ¥यापिड टेस्ट अन्तर्गत आइतबार ७ पालिकामा १ सय १५ जनाको परीक्षण गरिएको छ।
बिजयनगरमा ६३, मायादेबीमा १७, शुद्धोधनमा १६, कृष्णनगरमा ८, कपिलवस्तु नगरपालिकामा ५, बाणगंगामा ४ र शिवराज नगरपालिकामा २ जनाको परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए।
शनिवार शुद्धोधन गाउँपालिकामा १२ जना र शिवराज नगरपालिकामा ६ जनाको परीक्षण गरिएको थियो। अहिलेसम्म गरिएको ¥यापिड टेस्टमा सबैको रिपार्ट नेगेटिभ देखिएको भगतले बताए। क्वारेन्टाईनमा १४ दिन बसेकोहरुको टेस्ट भएको उनले बताए।
प्रदेश नम्बर ५ सरकारको स्वास्थ्य निर्देशनालयले कोभिड डाईग्नोटीस्ट टेस्ट किड जिल्लामा पठाएको थियो। शुक्रवार टेस्टका लागि जिल्लाका ल्याबका २० जना कर्मचारीलाई तालिम दिइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए। प्रदेशबाट आएका प्राबिधक टोलीले टेस्टका बिषयमा तालिम दिएका थिए। उनका अनुसार ७ सय थान टेस्ट किड प्राप्त भएको थियो।
यस्तै, स्वास्थ्यकर्मीका लागि पिपिई, आवश्यक केमिकल समेत आएको छ। एक पालिकाबाट २ जना कर्मचारी गरी १० पालिकाबाट २० जना खटिएका छन्। जिल्लाका १० पालिका संचालन गरिएको क्वारेन्टाईनमा ८ सय ५० जना रहेकोमा आईतावार साँझसम्म १० पालिकाले तयार गरेको ९ सय ८२ क्वारेन्टाईन बेडमा ८ सय ५० जना रहेकोमा ३ सय २४ डिस्चार्ज भई हाल ५ सय ५६ जना रहेको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुका प्रशासकीय अधिकृत मनोज सैनीले बताए।