कपिलबस्तु जिल्लाको विजयनगरमा बाघको आक्रमणबाट दुईजना गम्भीर घाइते भएका छन्।
विजयनगर गाउँपालिका वडा नं. १ नेवलागञ्ज बस्ने ५५ वर्षीय बर्मान रोका र ५० वर्षीय दिलेराम थारुलाई बाघले आक्रमण गर्दा घाइते भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए।
शुक्रबार अपरान्ह साढे ३ बजेतिर जंगलमा बाख्रा हेर्न गएको अवस्थामा बाघले आक्रमण गरेको नेपालले बताए। दुबै जनाको अवस्था गम्भीर भएकोले बुटवलमा उपचारका लागि पठाइएको नेपाले जानकारी दिए।