कोरोना भाइरसको संक्रमणका कारण मुलुकभर लकडाउन भएको मोका छोपी कपिलबस्तुमा काठ तस्कार पनि सक्रिय भएका छन्। जिल्लाको विजयनगर गाँउपालिका ७ दत्तपुरबाट अबैध काठको गोलिया बरामद भएको छ।
सरकारले लगाएको लकडाउनको मौका छोपी चोरी निकासी गरेको प्रहरीले जनाएको छ। दत्तपुर गाउँ नजिकैकोे गहुँबारीमा लुकाईछिपाई राखेको अवस्थामा ५ ओटा सिसौको गोलिया बरामद भएको सशस्त्र प्रहरी बल डालपुरले जनाएको छ।
भारतको सिमाना नजिकै रहेकोले अवैधरुपमा चोरी निकासी गरी ल्याएको हुन सक्ने बताइएको छ।