कपिलबस्तु जिल्लाको ईलाका प्रहरी कार्यालय पिपरामा एक थुनुवा झुण्डिएको अवस्थामा फेला परेका छन्।
ईलाका प्रहरी कार्यालय पिपरा अनुसार आफ्नै छोरीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा थुनामा रहेका थिए। घटनाबारे थप अनुसन्धानका लागि प्रहरी उपरीक्षक सुनिल मल्ल ईलाका प्रहरी कार्यालय पिपरा पुगेका छन्।
थुनामा रहेका अर्का थुनुवा शौचालय जान खोज्दा शौचालयको ढोका नखुलेपछि ढोका फोडेर हेर्दा उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शौचालयको भेन्टिलेशनमा तन्नाले पासो लगाएको अवस्थामा उनको शव फेला परेको हो।
मृतककी पत्नीले १६ वर्षीया छोरीलाई पटक पटक बलात्कार गर्दै आएको जाहेरीका आधारमा उनीमाथि प्रहरीले जवरजस्तीकरणीको मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।
मुद्धाको सवै अनुसन्धान पूरा गरी अनुसन्धान प्रतिवेदन सरकारी वकीलको कार्यालयमा बुझाई सकेको प्रहरी नायब उपरीक्षक मल्लले बताए। कोरोना भाईरसको संक्रमणका कारण देश लक डाउनमा भएका कारण अदालती सवै प्रक्रिया रोकिएको कारण उनको मुद्धाको थप प्रक्रिया अघि बढेको थिएन।