हनुमानढोकामा दिइएन बलि प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन पनि बलिसहित पूजा गरिने गरिएकामा यस वर्ष पूजा गरिए पनि बलि दिइएन ।
कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढुवानीमा रोक लगाइएकाले बलि नदिने भनी माथिबाट प्राप्त निर्देशानुसार गरिएको दशैँघरका मूल पुजारी देवरजा अर्यालले जानकारी दिए ।
चैत्र शुक्ल प्रतिपदादेखि नै दशैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ भने भइरहेको छ । विसं २०६३ सम्म नारायणहिटी राजदरबारअन्तर्गत रहेको दशैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत छ । कोरोना भाइरसको महामारीका कारण चैत्र नवरात्रमा पहिलोपटक बलि पूजा रोकिएको हो ।