लकडाउनवाट प्रभावित विराटनगरका विपन्न तथा असहायहरुलाई खाना खुवाउन शुरु गरिएको छ।
विराटनगर महानगरपालिकाको अगुवाईमा श्री श्याम परिवार विराटनगरले असहाय, असक्त तथा सडकमा वसेर माग्ने र अतिविपन्न पाँचसय जनालाई खाना खुवाइएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए।
लकडाउनको अवधिभर श्याम परिवारको सहयोगमा उनीहरुलाइ खाना खुवाउने व्यवस्था मिलाइएको मेयर पराजुलीले वताए।
विराटनगरको शनिहाट, तिनपैनी, कंचनवारी, वसपार्क, वरगाछी, अस्पतालचौक तथा विराटनगर–जोगवनी नाकामा रहेका विपन्न तथा असक्तहरुलाई खानाको व्यवस्था गरिएको संस्थाका अध्यक्ष प्रभुदयाल तोदीले वताए।