वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको विरामीको उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको छ।
कलैया उपमहानगरपालिका– २२ का २५ बर्षीय विजय कुशवाहलाई काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए।
कोरोना संक्रमितमा देखिनेजस्तै लक्षण देखिएको भन्दै वीरगञ्जस्थि नेशनल मेडिकल कलेजले कुशबाहलाई काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रिफर गरिदिएको थियो।
एक्कासी ज्वरो आउन थालेपछि स्थानीय अस्पतालहरुले उनको उपचार गर्न नमानेका हुन्।