कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याइएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्बयाई बीचबाटै फर्किएको छ।
मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर सोमबार बिहान उडेको स्काई ट्रक बीचबाटो बाटै फर्किएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार स्काई ट्रकमा भएको स्यानिटाइजरबाट पीरो ‘राग’ आएपछि सैनिक पाइलटले विमान फर्काउनुपर्ने बताएका थिए। स्यानिटाइजर लिक भएर त्यस्तो राग आएको हुन सक्ने बताइएको छ।
सामान पुनः पठाउने वा नपठाउने बारे भने निर्णय भइसकेको छैन।