कोरोना भाइरसको संक्रणबाट सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ३४ हजार नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ९५ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेको संख्या सबैभन्दा बढी इटालीमा १० हजार ७७९ छ। जहाँ पछिल्लो २४ घण्टामा थप ७५६ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी स्पेनमा ८२१ जनाको मृत्यु भएको छ। यो सँगै कोरोना भाइरसबाट स्पेनमा मृत्यु हुनेको संख्या ६ हजार ८०३ पुगेको छ।
इरानमा २ हजार ६४०, फ्रान्समा २ हजार ६०६, अमेरिकामा २ हजार ४७५ जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको संक्रमण फैलिएको चीनमा ३ हजार ३०० जनाको मृत्यु भएको छ। चीनमा पछिल्लो २४ घण्टामा मृत्युदर रोकिएको छ।
संक्रमितको संख्या अमेरिकामा निक्कै बढेको छ। जहाँ १ लाख ४१ हजार ८५४ जना संक्रमित भेटिएका छन्।