रुपन्देहीस्थित बुटवल धागो कारखानामा संचालित कोरोना भाइरस उपचार विशेष अस्पतालमा आज एक युवकको मृत्यु भएको छ।
बुटवल सैनामैनाका ३३ वर्षीय बाबुराम थापाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।
ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भने भएको छैन। उनको स्वाब अनमुना परीक्षणका लागि आजै काठमाडौं पठाए पनि रिपोर्ट भने आएको छैन।
यहि चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका थापा चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आएका थिए। उनलाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खाएको खुलेको डाक्टर थापाले बताए।
ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो