लकडाउन उल्लंघन गर्ने तीन सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लकडाउनको छैटौं दिन आइतबार बिहानै काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट बिहान तीन सय जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।
पोखरेलका अनुसार उनीहरुलाई लकडाउन उल्लंघन गरेकै स्थानमा २ घण्टासम्म लकडाउन उल्लंघन गर्न नहुनेबारे प्रशिक्षण दिएर घर पठाइनेछ। पक्राउ गर्दा प्रहरी स्वयं जोखिममा पर्ने र पक्राउ गरिएकाहरुलाई समेत गाडीमा हालेर लैजाँदा एकअर्कामा समेत कोरोना भाइरसको सर्ने जोखिम भएकाले पक्राउ गर्ने रणनीति परिवर्तन गरिएको पोखरेलले बताए।
यसअघि प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ गर्ने गरेको थियो।