चीनबाट फैलिएको कोरोना भाइरसबाट शनिबारसम्म २७ हजार ३४३ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ३ हजार २७० जनाको ज्यान गएको छ।
कोरोना भाइरसबाट सबैभन्दा बढी इटालीमा ९ हजार १३४ जनाको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा इटालीमा ९१९ जनाको ज्यान गएको हो।
यसैगरी, स्पेनमा ५ हजार १३८ जनाको मृत्यु भएको छ। जहाँ पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ७७३ पुगेको छ।
अमेरिकामा पछिल्लो २४ घण्टामा ४०० जनासहित हालसम्म १ हजार ६९५ जनाको मृत्यु भएको छ। जनासहित हालसम्म ४ हजार ३६५ जनाको मृत्यु भएको छ। चीनमा ३ हजार २९५, इरानमा २ हजार ३७८, फ्रान्समा १ हजार ९९५ जनाको मृत्यु भएको छ।
२३ हजार ५१९ को चिन्ताजनक अबस्था रहेको छ। ५ लाख ९६ हजार ३४९ कोरोना भाइरसका बिरामी रहेका छन् भने १ लाख ३३ हजार ५७ जना निको भएर घर फर्केका छन्।