कपिलबस्तु जिल्लाको कपिलबस्तु नगरपालिकाको पुर्वी बेलवहामा पोखरीमा डुवेर २ जनाको मृत्यु भएको छ।
गाउँ नजिकैको रामजानकी आधारभुत विद्यालयको पोखरीको छेउमा खेल्ने क्रममा डुवेर एकै घरका दाजु भाईको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नं. ८ पुर्वी बेलवहाका तबरेज धुनियाका १२ वर्षीय छोरा सलमान धुनिया र उनका भाई १० वर्षीय अरमान धुनिया रहेका छन्। मृतक दुई भाईका शव पोष्टमार्टमका लागि तौलिहवा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
पोखरी छेउमा खेल्दै गर्दा भाई अरमान पोखरीमा डुबेपछि भाईलार्ई बचाउन खोज्दा दाजु सलमान पनि डुबेको हुन सक्ने स्थानीयले बताएका छन्।