यही चैत ६ गते एयर अरेबियाबाट नेपाल आएका बर्दियाका दुई जनासहित ८३ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
साे विमानमा फ्रान्सबाट कतार हुंँदै अाएकी १९ वर्षीया युवती पनि अाएकी थिइन् । उनकाे अहिले शुक्रराज सरूवा राेग अस्पताल टेकुमा उपचार भइरहेकाे छ।
सो विमानमा बर्दियाका दुई जना आएकामा खोजेर एक जनालाई खजुरा गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा राखिएकोे पुष्टि प्रहरीले गरेको छ । बाँके ठेगाना भए पनि बर्दिया बाँसगढीका अर्का व्यक्तिलाई भने बाँसगढी नगरपालिकाको क्वारेन्टाइनमा राखिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।