रविन यादव दुई साताअघि कतारबाट घर आउँदा सिरहाको सखुवानन्कारकटी ३ स्थित उनको घरमा खुसी छाएको थियो। तर उनी आएकै एयरलाइन्सबाट आएकी १९ बर्षीया युवतीमा कोरोना पोजेटिभ देखिएपछि यतिवेला परिहारपुर गाँउ नै त्रसित भएको छ।
वडाध्यक्ष महेन्द्र प्रसाद यादबको भनाईमा त्यस्तो खबर थाहा पाउनसाथ उनको परिवारका सबै सदस्यहरुलाई होम क्वाराइनटाइनमा राखिएको थियो। त्यसपछि जनकपुर लैजनाका लागि लहानका दर्जनौ एम्बुलेन्स चालकहरुलाई गरेको आग्रह गरिएको भए पनि कसैले लैजान मानेन्। जनकपुर लैजानमात्र होइन, लहानस्थित सप्तऋषि अस्पतालमा रहेको क्वाराइनटाइनमा पुरयाउन पनि एम्बुलेन्स चालकहरुले अटेर गरेका छन्।
यसबारे प्रहरी, प्रशासनमा खबर गर्दा पनि उनीहरुले बेवास्ता गरेको स्थानीयको गुनासो छ।
यसैगरी, लहान नगरपालिका वार्ड न १ स्थित आफनै घरमा बसिरहेको छ राजाराम महतोको पनि स्वास्थ्य परीक्षण नहुँदा छरछिमेकी त्रसित भएका छन्।