बेलायतमा कोरोना भाइरसको संक्रमणबाट थप एकजना नेपालीको मृत्यु भएको छ।
मृत्यु हुनेमा लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी घर भएका ४० वर्षीय प्रशान्त अर्याल रहेका छन्।
अर्यालको गत सोमबार उपचारको क्रममा मृत्यु भएको भएपनि अस्पतालले उनमा कोरोना संक्रमण रहेको पुष्टि बिहीबार मात्र गरेको हो। शनिबार एक्कासी स्वास्थ्यमा खराबी देखिएपछि उनलाई उपचारका लागि स्थानीय क्वीन एलिजावेथ अस्पताल लगिएको थियो।
बेलायतमा यसअघि कोरोनाको संक्रमणबाट संखुवासभा घर भएका लण्डनको ह्यारो निवासी ६६ वर्षीय पूर्वगोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भएको थियो।