चीनबाट फैलिएको कोरोना भाइरसबाट बिहिबारसम्म २१ हजार ५७७ जनाको मृत्यु भएको छ।
सबैभन्दा बढी इटालीमा ७ हजार ५०३ जनाको ज्यान गएको छ। यसैगरी स्पेनमा ३४७ जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार २८७, इरानमा २ हजार २३४, फ्रान्समा १ हजार ३३४, अमेरिकामा १ हजार ३६ जनाको ज्यान गएको छ।
४ लाख ७९ हजार ९१५ कोरोना भाइरसका बिरामी देखिएकोमा १४ हजार ९२८ जनाको अबस्था गम्भीर देखिएको छ। १ लाख १५ हजार ७९८ जना भने उपचारपछि घर फर्केका छन्।