लकडाउनका कारण अन्नपूर्ण र मुस्ताङमा अलपत्र परेका ७० जना विदेशी पर्यटकलाई उद्धार गरेर काठमाडौं ल्याइएको छ।जिल्ला प्रशासन कार्यालय मुस्ताङको पहलमा उनीहरूलाई बसमा राखेर काठमाडौं पठाइएको हो।
यस्तै, काठमाडौंस्थित फ्रान्सेली दूतावासले पोखरामा रहेका आफ्ना नागरिकको उद्धार गर्न विमान चार्टर गरेको छ। आफ्ना नागरिकलाई उद्धार गर्न बुद्ध एयरको ७२ जना क्षमताको विमान चार्टर गरेको हो।
फ्रान्स सरकारले नेपालमा रहेका आफ्ना नागरिकलाई लैजान फ्रान्सबाट चार्टर्ड प्लेन नेपाल पठाउने तयारी गरेको छ । लकडाउनले गर्दा पाेखरा, मुस्ताङ,अन्नपूर्ण लगायतका क्षेत्रमा पुगेका पर्यटकहरू अलपत्र परेका थिए ।