आजदेखि अत्यावश्यक र खाद्यवस्तु बिक्री गर्ने पसलहरु निर्वाध रुपमा खोल्न पाउने भएका छन् ।
‘लकडाउन’को पहिलो दिन कतिपय आवश्यक खाद्यवस्तु बिक्री हुने पसल समेत बन्द देखिएपछि गृह मन्त्रालयले खाद्यवस्तु, खानेपानी, दूध,स्वास्थ्य,फोहोरमैला व्यवस्थापनलगायत कारोबार गर्ने पसलहरु खोल्न आग्रह गरेको हो।
‘पहिलो दिनको लकडाउनको समयमा फाट्टफुट्ट खोलिएका खाद्यान्य पसलमा उपभोक्ताको भिड बढ्न थालेपछि सरकारले यस्तो आग्रह गरेको हो ।
निश्चित समय निर्धारण गर्दा पसलमा एक पटक भिड हुन थालेपछि गृह मन्त्रालयका सहप्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी गरी अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसल खोल्न आग्रह गरेका हुन् ।विज्ञप्तिमा ‘लकडाउन’को व्यवस्थालाई कार्यान्वयन गर्न आमनागरिकलाई आग्रह गरिएको छ।