विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो चौबीस घण्टामा २ हजार ३ सय ७७ जनाले ज्यान गुमाएका छन्।
यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय ९१ पुगेको छ। कोरोना भाइसका कारण सबैभन्दा बढी इटालीमा गएको २४ घन्टामा ७ सय ४३ जनाको मृत्यु भएको छ।
इटालीमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २० पुगेको छ। स्पेसनमा पछिल्लो २४ घण्टामा ६८० जनाको मृत्यु भएको छ। यसैगरी फ्रान्समा २४० र अमेरिकामा २२२ जनाको मृत्यु भएको छ।