कारोना संक्रमण बढेपछि भारतमा मंगलबार राति १२ बजेदेखि तीन साता लकडाउन शुरु भएकाे छ।
कारोनाको संक्रमण बढेपछि दोस्रो पटक मंगलबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदलीले यस्तो घोषणा गरेका हुन्। उनले जनता कफ्र्यूको सफलताका लागि देशबासीलाई धन्यबाद समेत दिएका छन्।
यो एक किसिमको कफ्र्यू नै भएको भन्दै प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारी रोक्नका लागि लकडाउन जरुरी रहेको बताए।
भारतमा कोरोना भाइरसका कारण १० जनाको मृत्यु भइसकेको छ।