अमेरिकाको न्युयोर्कमा बस्दै आएका नेपालका अनिल सुब्बाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले दिएको जानकारी अनुसार कोरोना भाइरसबाट संक्रमित भएर न्युयोर्कस्थित अस्पतालमा भर्ना भएका ५० वर्षीय सुब्बाको मंगलबार मृत्यु भएको हो।
पाँचथर स्थायी घर भएका सुब्बा १५ वर्षदेखि अमेरिका बस्दै आएका थिए।