अफ्रिकी मुलुक सेसेल्समा हृदयघातबाट एक नेपालीको मृत्य भएको छ। मृत्यु हुनेमा सुनसरी जिल्लाको बराह नगरपालिका चतराका ज्ञानेन्द्र श्रेष्ठ रहेका छन्।
जुन २०१५ देखि सेसेल्सस्थित सनसाइन प्रोपेर्टिजमा सेक्युरिटी गार्डका रूपमा कार्यरत श्रेष्ठको २२ मार्च २०२० साँझ ४.४५ बजे निधन भएको हो।
सधैंझै आफ्नो ड्यूटीबाट फर्केर हातमुख धोइ केहीबेर आराम गरेपछि उनी सौचालय पसेका थिए। सौचालयबाट एक्कासी आवाज आएपपछि साथीहरू गएर हेर्दा श्रेष्ठ लडेको अबस्थामा भेटिएका थिए। बाहिर निकाल्दा उनको मृत्यु भइसकेको उनसँगै कार्यरत साथीहरुले बताएका छन्।